Skip to content
LAXMI SUNRISE BANK

सामाजिक संजाल प्रतिबन्धको प्रभाव: चर्चित टिकटकरहरुको रेट ह्वात्तै बढ्यो !

अर्थ सरोकार

काठमाडौँ । सरकारले विभिन्न सामाजिक संजालमाथि प्रतिबन्ध लगाएपछि नेपालमा सूचीकरण भएको टिकटकमा प्रयोगकर्ता झुम्मिएका छन् । यसैबीच अव नेपालमा टिकटक, भाइबर, वीटक लगायतका संजालमात्र चल्ने भएपछि टिकटकमा चर्चित टिकटकरहरुले रातारात रेट बढाएका छन् ।

उनीहरुले कुनै पनि प्रोडक्टको विज्ञापन गर्न र सो सम्बन्धी भिडियो बनाउन आफूले लिँदै आएको रेट बढाएका हुन् । टिकटकमा चर्चित टिकटकरहरुले प्रति भिडियो ५००० रुपैयाँदेखि २ लाख रुपैयाँसम्म प्रमोसन चार्ज लिँदै आएका थिए । सरकारले अन्य सामाजिक संजालमाथि प्रतिबन्ध लगाएपछि ५ हजारमा काम गर्नेहरुले आफ्नो रेट १० हजारसम्म पुर्याएका छन् भने बढीमा २ लाख रुपैयाँ लिनेहरुले आफ्नो रेट ५ लाख रुपैयाँ पुर्याएका छन् ।

टिकटकमा ठाउँ अनुसारका टिकटकरहरुलाई स्थानीय देखि कर्पोरेट हाउसहरुले पनि प्रमोसनमा प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय फिल्म चलाउन देखि, इभेन्टको जानकारी दिन र कर्पोरेट प्रोडक्टको प्रमोसन गर्न पनि टिकटकरहरुको प्रयोग व्यापक हुँदै आएको थियो ।

सरकारले सूचीकरणका लागि आउन सामाजिक संजालहरुलाई आग्रह गरेको थियो । तर फेसबुक, युट्युब लगायतका सामाजिक संजालहरु सूचीकरणका लागि नआएपछि सरकारले अन्तत: त्यस्ता सामाजिक संजाल बन्द गराउने निर्णय गरको छ । संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो मात्रै सूचीकृत भएका छन् । त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल, र हाम्रो पात्रो रहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK