Skip to content
LAXMI SUNRISE BANK

सामाजिक संजाल प्रतिबन्धको प्रभाव: हजारौँ पत्रकार बेरोजगार बन्ने, कलाकारको पनि हरिबिजोग हुने पक्का !

अर्थ सरोकार

काठमाडौँ । सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाएपछि फेसबुक र युट्युबबाट राम्रो आम्दानी गरिरहेका स्वरोजगारमुलक मिडियाका पत्रकारहरु बेरोजगार बन्ने संकेत देखिएको छ । फेसबुक र युट्युबलाई नै आम्दानीको स्रोत बनाएका यस्ता पत्रकारहरुको संख्या नेपालमा हजारौँमा छ । फेसबुक र युट्युब नै बन्द हुने भएपछि उनीहरुलाई अप्ठ्यारो पर्ने देखिएको हो ।

यता सोसल मिडियामार्फत नै आफ्नो फिल्म र म्युजिक भिडियोहरुको प्रचार प्रसार गरिरहेका कलाकारहरुको पनि हरिबिजोग हुने देखिएको छ । पत्रपत्रिका महँगो हुने, र टेलिभिजनको सीमितता र दर्शकको अभावका कारण पनि अव फिल्मको प्रमोसन गर्न गाह्रो हुने भएपछि कलाकार र निर्मातालाई समस्या हुने देखिएको हो ।

यसैबीच अनलाइन टिभी पत्रकार संघ, अनलाइन पत्रकार संघ लगायतका संघ संस्थाले सरकारले चालेको कदमको कडा विरोध गरिरहेका छन् भने कलाकारहरुका संघ संगठनले भने अझैसम्म यो विषयमा बोलेका छैनन् ।

विशेषगरी फिल्मको प्रमोसन विभिन्न युट्युब च्यानल, फेसबुक पेज र टिकटकमार्फत हुने गरेको थियो । तर ती सबै संजाल बन्द हुने भएपछि कलाकारहरु अप्ठ्यारोमा पर्ने भएका हुन् ।

सरकारले सूचीकरणका लागि आउन सामाजिक संजालहरुलाई आग्रह गरेको थियो । तर फेसबुक, युट्युब लगायतका सामाजिक संजालहरु सूचीकरणका लागि नआएपछि सरकारले अन्तत: त्यस्ता सामाजिक संजाल बन्द गराउने निर्णय गरको छ । संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, विटकपोपो मात्रै सूचीकृत भएका छन् । 

त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल, र हाम्रो पात्रो रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK