काठमाडौँ । सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाएपछि नेपाली टेलिभिजनहरुले एकाएक विज्ञापन रेट बढाएका छन् । सामाजिक संजाल बन्द भएपछि अव विज्ञापनका स्रोत टीभी, पत्रिका र रेडियो हुने भएपछि उनीहरुले विज्ञापनको रेट बढाएका हुन् । यसअघि विज्ञापन अभावमा खस्किएका टिभी, पत्रिका र रेडियोहरु अव भने उठ्ने विश्वासमा छन् ।
दशैंको मुखमा सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाएपछि दशैंमा विज्ञापन गर्ने विज्ञापनदाताहरुसँग पनि अव टेलिभिजन, पत्रिका वा रेडियोको विकल्प छैन । विज्ञापन एजेन्सीहरु पनि यसपालि पूरानै शैलीमा विज्ञापन कारोबार गर्न पाइने भइयो भन्दै हौसिएका छन् ।
यता, सरकारको निर्णयपछि दशैंको मुखमा विज्ञापन बढ्ने भएपछि पत्रिकाका साहुहरु पनि मख्ख देखिएका छन् भने रेडियोमा विज्ञापन र स्रोता दुवै बढेपछि रेडियो संचालकहरु पनि दङ्ग भएका छन् । यद्यपि अभिव्यक्ति स्वतन्त्रताको पक्ष लिने रेडियोकर्मी, टिभी र अन्य संचार उद्यमीले भने सरकारको विरोधसमेत गरिरहेका छन् ।
सरकारले सूचीकरणका लागि आउन सामाजिक संजालहरुलाई आग्रह गरेको थियो । तर फेसबुक, युट्युब लगायतका सामाजिक संजालहरु सूचीकरणका लागि नआएपछि सरकारले अन्तत: त्यस्ता सामाजिक संजाल बन्द गराउने निर्णय गरको छ । संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो मात्रै सूचीकृत भएका छन् । त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल, र हाम्रो पात्रो रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्