Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकले मेची हस्पिटललाई दियो वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकले मेची हस्पिटललाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन दिएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा, बिर्तामोड स्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेका हुन् ।

बैंकको उक्त सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीहरु लाभान्वित हुने तर विशेषगरी आर्थिक रुपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीहरुका लागि यो सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बताए ।

साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि दिएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK