काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ । जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय मर्मत सम्भार समेत गर्ने भएको हो ।
मालपोत कार्यालय विराटनगरका तर्फबाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फबाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुषालले पुनःनिर्माणको लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । हाल कार्यलय जलेर नष्ट भएको विवरण संकलनको कार्य भईरहेको र विवरण संकलन पश्चात पुनःनिर्माणको काम सुरु हुने बैंकले जनाएको छ ।
साथै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा, तत्काल आवश्यक कम्प्युटर बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा डिएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरेका थिए । त्यसैगरी, बैंकका प्रदेश प्रमुख भुषालले कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै, पथरीस्थित इलाका प्रहरी कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकृतहरु, बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण तथा मर्मत सम्भार गर्नको लागि सहकार्य गर्ने समेत जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्