×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलनमा २८ नाघेका नेताहरु आए जेनजीले ‘नट अलाउड’को ब्यानर देखाउने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आन्दोलनमा २८ नाघेका नेताहरु आए जेनजीले ‘नट अलाउड’को ब्यानर देखाउने !

Artha Sarokar

२२ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेनजी अर्थात नयाँ पुस्ताले भदौ २३ गते (सेम्टेम्बर ८)मा देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । भ्रष्टाचार र समाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।

उक्त आन्दोलन काठमाडौँको माइतीघर मण्डला र संसद् भवन अगाडि हुने बताइएको छ । 

जेनजी पुस्ताले उक्त आन्दोलनको आह्वान सामाजिक सञ्जालबाटै गरेका हुन् । हाल उक्त जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, कलाकार तथा अभियान्ताहरुले समर्थन जनाएका छन् । आन्दोलनको नेतृत्व जेनजी पुस्ताले गर्नेछन् ।

जेनजी आन्दोलनको घोषणासँगै अहिले उक्त आन्दोलनलाई समर्थन गर्नेहरु बढेका छन् । यहीबीच विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा अभियान्ताले जेनजीको आन्दोलनमा सहभागी हुने बताएका छन् । तर, जेननी पुस्ताले भने बुढा तथा जेनजी पुस्तामा नपर्नेहरुलाई आन्दोलनमा सहभागी हुन नदिने भनेका छन् । 

सामाजिक सञ्जालबाटै जेनजी पुस्ताले आन्दोलनमा २८ नाघेका पार्टीका नेता, कार्यकर्ता तथा अभियान्तालाई सहभागी हुन नदिने भन्दै सहभागी भए ‘नट अलाउड’को ब्यानर देखाइने घोषणा गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी