काठमाडौँ । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५’ ले प्रहरीको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५’ ले काठमाडौँको कोटेश्वरस्थित प्रहरी विभागको भवन पुनर्निमाणका लागि आर्थिक सहयोग गरेको हो ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको प्रहरी कार्यालय पुनर्निमाणमा सहयोग पुगोस् भन्ने उद्धेश्यले ४ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।
सहयोग रकम ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५’ का डिस्ट्रिक्ट गभर्नर केशर बहादुर भण्डारी, सरस्वती युवा क्लबका अध्यक्ष उत्तम भण्डारी र प्रदेश सांसद सुनिल केसीले संयुक्त रुपमा प्रभागका प्रमुखलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५’ ले नै टेकुस्थित अपराध अनुसन्धान महाशाखामा एक सय थान ट्रयाकसुट सेट सहयोग गरेको छ । आन्दोलनमा क्रममा प्रहरी कार्यालय र चौकीहरु जलेर नष्ट भएपछि सहयोग होस् भन्ने उद्धेश्यले ट्रयाकसुट सेट हस्तान्तरण गरिएको ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५’ ले जनाएको छ ।
‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५’ का डिस्ट्रिक्ट गभर्नर विगत २८ वर्षदेखि लायन्स क्लबमार्फत समाजसेवामा अग्रसर छन् । उनी डिस्ट्रिक्ट गभर्नर भएपछि ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५’ संसारभर लायन्स क्लबमध्ये ‘फास्टेस्ट ग्रोइङ्ग टप ५ डिस्ट्रिक्ट’ अवार्डबाट सम्मानित भएको थियो ।