Skip to content
LAXMI SUNRISE BANK

जेनजीलाई महेश बस्नेतको चुनौतिः ‘छानबिन म बाट सुरु गर, पुष्टि भए काट’

अर्थ सरोकार

काठमाडौँ । एमाले नेता महेश बस्नेतले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्न चुनौति दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै बस्नेतले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्न चुनौति दिएका हुन् । 

उनले आफूले जीवन कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै गरेको भए छानबिन गरेर पुष्टि गर्न चुनौति दिएका छन् । 

‘…म चुनौती दिन्छु छानबिन मबाट सुरु गर । तिमीले चाहेअनुसारको व्यक्तिलाई छानबिन समितिमा राख । खुकुरी बीचमा राख मलाई लगाएको भ्रष्टाचारको आरोप पुष्टि भयो भने मलाई काट, पुष्टि भएन भने तिमी आफैँ काटिन तयार हो । हिम्मत छ ?’, बस्नेतले लेखेका छन् । 

त्यस्तै, उनले तीन वर्षदेखि आफ्नो कहिँ कतै लगानी नभएको भन्दै भएको पुष्टि गर्नेलाई भएको सम्पत्ति नामसारी गरिदिने समेत भनेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK