काठमाडौँ । वैदेशिक रोजगारीका लागि युएइ पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने ३२ वर्षीय मिनराज राना क्षेत्री पक्राउ परेका हुन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. ०९ बाट पक्राउ गरेको हो । क्षेत्रीको स्थाई ठेगाना प्युठान जिल्ला नैवाहिनी गाउँपालिका वडा नं. ०५ रहेको पाइएको छ ।
प्रहरीका अनुसार उनले दुई जनालाई युएई पठाउने भन्दै २ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्