काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्ताबारे प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत जानकारी दिएका छन् ।
टेलिफोन वार्तामा नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की बनेलगत्तै मोदीले बधाई खिएका थिए । वार्तामा उनले आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् भने मृतकका परिवारमा समवेदना प्रकट गरेका थिए ।