काठमाडौँ । काठमाडौँको गोङ्गबुबाट प्रहरीले करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गोङ्गबुको एक घरबाट ३ करोड ७५ लाख नगद बरामद गरेको हो ।
उक्त रकमसहित प्रहरीले सोही घरका घरधनी ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।
सो रकमसहित प्रहरीले श्रेष्ठको घरबाट सुनका गहनाहरु पनि बरामद गरेको छ । सो रकम उनको घरमा कहाँबाट आयो ? के प्रयोजनका लागि राखियो ? भन्ने खुलाइएको छैन । सो रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरमै ठूलो मात्रामा पैसा राखेको भन्ने सूचना पाएपछि प्रहरीले श्रेष्ठको घरमा छापा मारेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्