Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा छुट दिने

अर्थ सरोकार

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसनबीच व्यवसायिक सम्झौता भएको छ । बैंक र एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडकिल एसोसिएसनका तर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।
सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिने भएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत  प्रोफेशनल बचत खाता खोलि १० लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।
यो सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK