काठमाडौँ । नेपाल प्रहरीले बिल बिनामा गरगहना नकिन्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कसैले बिल बिनाका गहना बेच्न ल्याए त्यस्ता गहना नकिन्न अपिल गरेको हो
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा विभिन्न मल, बैंक तथा घरबाट लुटिएका गरगहना तथा जिन्सी सामान बजारमा खरिदबिक्री भइरहेको भन्दै त्यस्तो नगर्न सिआइबीले आग्रह गरेको छ ।
खरिद-बिक्रीका लागि ल्याइने बिल बिनाका गहना तथा सामान प्रदर्शनका क्रममा लुटिएका सामान हुनसक्ने भन्दै सिआइबीले त्यस्ता सामानको खरिद-बिक्री नगर्न भनेको हो । बरु त्यसरी कसैले बिल बिनाका गहना तथा सामान बेच्न ल्याए प्रहरीलाई खबर गर्न पनि सिआइबीले आग्रह गरेको छ ।
यसका बाबजुद पनि कसैले त्यसरी प्रदर्शनका क्रममा लुटपाट भएका सामानको खरिद-बिक्री गरेको पाइए प्रचलित कानून अनुसार कारवाही गर्ने पनि सिआइबीले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्