काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो ।
त्यसका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो निक्षेप संकलन उपकरणको म्याद २५ दिनको हुनेछ । यसको साँवा र ब्याज भुक्तानी असोज १२ गते हुने राष्ट्र बैंकले जनाएको छ ।