काठमाडौँ । नेपाल टेलिकम र एनसेलबाट सोसल मिडिया प्याक लिएकाहरुको पैसा फिर्ता हुने भएको छ । सरकारले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि टेलिकम कम्पनीहरूले सञ्चालन गर्दै आएका ‘सोसल मिडिया प्याक’ को पैसा फिर्ता गर्ने भएका हुन् । यसका लागि दूरसञ्चार प्राधिकरणले नै निर्देशन दिने तयारी गरेको छ ।
टेलिकमले पोस्टपेड र प्रिपेड दुवै ग्राहकका लागि अनलिमिटेड फेसबुक/युट्युब प्याक सञ्चालन गरिरहेको थियो भने एनसेलले ‘सधैं अन’ प्याक बिक्री गरेको थियो । दिन गनेर कति हुन्छ रकम फिर्ता गर्न प्राधिकरणले निर्देशन दिने तयारी गरेको छ ।
सरकारले सूचीकरणका लागि आउन सामाजिक संजालहरुलाई आग्रह गरेको थियो । तर फेसबुक, युट्युब लगायतका सामाजिक संजालहरु सूचीकरणका लागि नआएपछि सरकारले अन्तत: त्यस्ता सामाजिक संजाल बन्द गराउने निर्णय गरको छ ।
संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो मात्रै सूचीकृत भएका छन् । त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल, र हाम्रो पात्रो रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्