Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ५८.६३ अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार  १ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सप्तकोशीसँगै जोशी हाइड्रोपावरको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

यता, प्रभु स्मार्ट फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK