×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लण्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लण्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

Artha Sarokar

८ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले लण्डन ब्रिज गार्डेन रिसोर्टमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले नवलपरासीमा रहेको उक्त रिसोर्टमा छुट पाउने भएका हुन् ।

रिसोर्ट र बैंकबीच ग्राहकहरुलाई छुट दिने सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सो सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी