×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

Artha Sarokar

१८ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले माउन्टेन भिस्टा रिट्रिटमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा होटल र बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सक्ने होटलले जनाएको छ । सो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।

उक्त होटलसँगको सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी