×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकले स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकले स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

Artha Sarokar

२० भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंक र धनगढी, कैलालीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी  हस्पिटलबीच छुट सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतासँगै बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा बेड-हस्पिटल एड्मिट, क्याबिन-हस्पिटल एड्मिट, आइसीयु बेड, भेन्टिलेटर, जेनरल सर्जरी, अर्थोपेडिक, गाइनोकोलोजी, ल्याप्रोस्कपिक अप्रेशन, प्याथोलोजी टेस्ट, भिडियो एक्स-रे, एक्स-रे, इसीजी, इको, टि.एम.टि., इन्डोसकपी र  औषधि जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

सो सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी