काठमाडौँ । डिजिटल वालेट खल्ती टू खल्ती रकम ट्रान्सफर गर्दा अब छुट्टै शुल्क नलाग्ने भएको छ । दशैँमा दक्षिणा तथा अन्य रकम लेनदेनलाई सहज बनाउन खल्तीले यस्तो सुविधा ल्याएको हो ।
योसँगै अब खल्ती प्रयोगकर्ताले खल्ती टू खल्ती रकम ट्रान्सफर गर्दा अतिरिक्त शुल्क तिर्नु नपर्ने भएको छ ।
यसो त यसअघि खल्तीले खल्तीबाट खल्ती एकाउन्टमै रकम ट्रान्सफर गर्दा तीन पटकसम्म निःशुल्क सुविधा दिँदै आएको थियो । तर, एकदिनमै तीन पटक भन्दा बढी रकम ट्रान्सफर गर्नुपरे वा ठूलो रकम ट्रान्सफर गर्नुपरे १० रुपैयाँ शुल्क लिने गरेको थियो ।
तर, अब भने खल्ती टू खल्ती जति पटक कारोबार गरे पनि कुनै अतिरिक्त शुल्क नलाग्ने भएको छ । दशैँ हुने पारिवारिक जमघट, रमाइलो र दक्षिणा आदानप्रदानको संस्कृतिलाई डिजिटलाइज गर्न र थप सहज बनाउन यस्तो सुविधा ल्याइएको खल्तीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्