Skip to content
LAXMI SUNRISE BANK

सेनाको सुरक्षाबाट बल्ल निस्किए ओली, गुण्डुमा घर भाडामा लिएर बस्न थाले

अर्थ सरोकार

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गुण्डुमा घर भाडामा लिएर बस्न थालेका छन् । भदौ २४ गतेदेखि शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा बस्दै आएका ओली हाल घर भाडामा लिएर बस्न थालेका हुन् ।

उनी बिहीबार सेनाको सुरक्षाबाट निस्किएका थिए । जेनजी आन्दोलनका क्रममा ओलीको बालकोटस्थित घर जलेर ध्वस्त भएको छ ।

घर जलेर ध्वस्त भएर बस्नै नसकिने स्थिति बनेपछि ओली हाल गुण्डुमा घर भाडामा लिएर बस्न थालेको ओली निटकका एक नेताले अर्थ सरोकारलाई जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK