Skip to content
LAXMI SUNRISE BANK

भाडाको नयाँ घरमा ओली, लाग्यो नेताहरुको भीड

अर्थ सरोकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् । मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हुन् ।

उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए ।

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK