Skip to content
LAXMI SUNRISE BANK

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

अर्थ सरोकार

काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको छ ।

सीआईबीको टोली र स्थानीय प्रहरीको सहकार्यमा गरिएको उक्त कारबाहीमा घरलाई घेराबन्दी गर्दै सामानहरूको खानतलासी र बरामद गर्ने कार्य भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

भूषण राणा पूर्वप्रधानमन्त्री देउवाका साला र हालैसम्म परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवाका भाइ हुन् । विभिन्न डिलमा आरजु राणाको प्रतिनिधित्व गर्ने आरोप समेत भूषणमाथि लाग्ने गरेको थियो ।

गोप्य सूचना चुहिने आशंकामा प्रहरीले उनको घरमा छापा मारेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK