Skip to content
LAXMI SUNRISE BANK

पोर्चुगलले रद्द गर्दै नेपालीको आप्रवासी अनुमतिपत्र, दशैँमा घर फर्किन ठिक्क परेकाहरु तनावमा !

अर्थ सरोकार

काठमाडौँ । पोर्चुगलले नेपालीहरुको आप्रवासी अनुमति पत्र खारेज गर्न थालेको छ । यसरी पोर्चुगल सरकारले नेपालीहरुको आप्रवासी अनुमतिपत्र खारेज गर्न थालेको गैरआवसीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन-एनसीसी)ले पुष्टि गरेको छ । 

एनआरएन-एनसीका अनुसार बुधबार मात्र दशैँका लागि भन्दै नेपाल फर्किन लागेका नेपालीलाई एयरपोर्टबाटै फर्काइएको छ भने आवास अनुमतिपत्र रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

नेपालीसँगै अन्य देशका नागरिकलाई पनि आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाइएको छ । पोर्चुगलका अध्यागमन अधिकृतहरुले उनीहरुले अनधिकृत रुपमा पोर्चुगल प्रवेश गरेर आवास अनुमति पत्र बनाएको आरोप लगाएका छन् । 

सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसा नभई पोर्चुगल प्रवेश गरेका र पोर्चुगलको आवास अनुमतिपत्र बनाएका आप्रवासीहरुको अनुमतिपत्र खारेजीको प्रक्रियामा हालिएको एनआरएन-एनसीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK