Skip to content
LAXMI SUNRISE BANK

बिदाको दिन देउवा दम्पत्तीलाई बेडमै रातो पासपोर्ट, छानविन जारी, ‘काँग्रेसी कर्मचारी’लाई कारवाही हुने !

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणालाई सार्वजनिक बिदाको दिन कूटनीतिक राहदानी (रातो पासपोर्ट) लिएको खुलेको छ । देउवा दम्पत्तीलाई असोज ३ गते संविधान दिवसको दिन रातो पासपोर्ट दिएको खुलेको हो ।

जेनजी आन्दोलनमा घाइते भएर उपचारकै क्रममा रहेका देउवा दम्पत्तिलाई बिदाको दिन नै पासपोर्ट बनाएर बेडमै पुर्याइएको राहदानी विभागका एक कर्मचारीले पुष्टि गरे । 

यद्यपि देउवा दम्पत्तिलाई सार्वजनिक बिदाको दिन पार्सपोर्ट दिइएको र सो पासपोर्ट लिन को आयो ? र कसरी दिइयो ? भन्ने विषयमा परराष्ट्र र राहदानी विभागले औपचारिक रुपमा कुनै पनि अभिव्यक्ति दिएको छैन ।

तर, राहदानी विभागका एक कर्मचारीले उपचाररत देउवा र पत्नी आरजु राणाको बेडमै मोबाइल किट लिएर पुगेको र सोही मोबाइल किट प्रयोग गरेर राहदानी दिइएको बताए । ती कर्मचारीले पासपोर्ट दिन को-को गएका थिए ? भन्ने खुलाएनन् । तर, मोबाइल किट लिएर पासपोर्ट दिन गएका कर्मचारी देउवाको निकट रहेको उनले बताएका छन् ।

सार्वजनिक बिदाको दिन पनि पासपोर्ट दिएपछि हाल सो विषयले चर्चा पाएको छ । संविधान दिवसकै दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पासपोर्ट दिएको भन्दै चर्को विरोध हुन थालेपछी हाल सो विषयमा छानविन सुरु भएको छ । यसरी सार्वजनिक बिदाको दिन पासपोर्ट दिने राहदानी विभागका कर्मचारीलाई कारवाही गर्न पनि माग गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK