काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नवौं वर्षमा प्रवेश गरेको छ । कम्पनी जीवन बीमा कारोबार सुरु गरेको आठौँ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो ।
नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराजसम्म पुर्याउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजरहरु, सेयरधनीहरु, कर्मचारीलगायत समस्त सरोकारबालाहरुलाई कम्पनीले धन्यवाद दिएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयबाट ज्ञानेश्वरवाट मैतिदेवि, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रिय कार्यालय ज्ञानेश्वरसम्म बीमा जागरण सहितको प्रभातफेरी गरी आठौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
त्यस्तै, इन्स्योरेन्सको महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरुमा रक्तदान तथा स्थास्थ्य सिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम, शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गरी हाल रु. ५ अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा रु. २० अरबको हाराहारीमा रहेको छ भने गत आ.व. मा कम्पनीले रु. १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्