काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेताहरुलाई रातो पासपोर्ट र परिचय पत्र संसद् सचिवालयलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले विज्ञप्ति नै जारी गरेर पार्टीका पूर्व सांसदहरुलाई पासपोर्ट र परिचयपत्र फिर्ता गर्न अनुरोध गरेका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरुले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ ।’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, पार्टीले सबै तहका नेताहरुलाई चाडपर्वका दौरानमा शुभकामना पत्रहरुबाहेक कसैबाट कुनै किसिमको उपहार स्वीकार नगर्न पनि निर्देशन दिएको छ । त्यसबाहेक रास्वपाले पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।