काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई घरधनीले घर खाली गर्न आग्रह गरेका छन् । पार्टीको बनस्थलिस्थित केन्द्रीय कार्यालयका लागि भाडामा लिइएको घर खाली गर्न घरधनी भरतमणि देवकोटाले आग्रह गरेका हुन् ।
उनले घर खाली गर्न पार्टीलाई तीन महिनाको समय दिएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय राखे पनि लामो समयदेखि भाडा नदिएको र सुरक्षाका हिसाबले पनि खतरा भएको भन्दै रास्वपालाई घर छोड्न आग्रह गरेको घरधनी देवकोटाले बताएका छन् । उनका अनुसार रास्वपाले घर भाडामा लिएदेखि १० महिनाको भाडा दिएको छैन ।
अर्कोतर्फ पार्टीलाई सापटी दिएको रकम पनि फिर्ता नपाएको उनको भनाई छ । देवकोटा रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्