काठमाडौँ । साउदीले पनि नेपालीलाई भिसामा रोक लगाएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई कारण देखाउँदै साउदीले नेपालीलाई भिसामा रोक लगाएको हो ।
यसअघि संयुक्त अरब इमिरेट्स (दुबई)ले नेपालीलाई भिसामा रोक लगाएको थियो । दुबईपछि हाल साउदीले पनि नेपालीलाई भिसामा रोक लागएको छ ।
जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरु पनि फर्जी कागज देखाएर सीमा पार गर्ने वा मुलुकमा प्रवेश गर्न सक्ने भन्दै साउदीले नेपालीलाई भिसा दिन रोक लगाएको बताइएको छ । भदौ २४ गते जेनजी आन्दोनका क्रममा विभिन्न ठाउँबाट हजारौँ कैदी भागेका थिए ।
जेलबाट भागेका कैदीहरुमध्ये केही पुनः कारागार फर्किए पनि अन्य कैदी कहाँ छन् ? कस्तो अवस्थामा छन् ? भन्ने यकिन छैन । यसरी भागेका कैदीहरु फर्जी कागजका भारमा सीमा पार गरेर जान सक्ने खतरा बढेपछि श्रम गन्तव्य मुलुकहरुले नेपालीलाई भिसामा दिन तत्कालका लागि रोक लगाएका हुन् । यसरी भिसामा लगाइएको रोक कहिलेसम्म रहन्छ भन्ने टुंगो छैन ।
यसरी दुबई, साउदी लगायतका देशले नेपालीलाई भिसा दिनै रोक लगाएपछि नेपालको आर्थिक स्थिरतालाई गम्भीर चोट पुर्याउने खतरा देखिएको छ ।