Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबार पुनःनिर्माणका लागि एक लाख दिने सेयर लगानीकर्ता अम्गाईको घोषणा, राष्ट्रिय अभियान सुरु गर्न अपिल

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता नवराज अम्गाईले सिंहदरबार पुनः निर्माणका लागि राष्ट्रिय अभियान सुरु गर्ने घोषणा गरेका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको पुनः निर्माणका लागि उनले राष्ट्रिय अभियान चलाउने घोषणा गरेका हुन् । 

सामाजिक सञ्जालमार्फत उक्त अभियान सुरु गरेको घोषणा गर्दै अम्गाईले प्रारम्भिक चरणमा आफ्नो तर्फबाट एक लाख रुपैयाँ समेत सहयोग गर्ने घोषणा गरेका छन् । 

स्थायी घर गोरखा भएका उनी युवा पर्यटन व्यवसायीसमेत हुन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौँ । प्रधानमन्त्रीज्यूले पुनः निर्माण कोष स्थापना गर्नुभयो भने मेरो तर्फबाट एक लाख रुपैयाँ सहयोग निश्चित छ ।’

त्यस्तै, उनले उक्त राष्ट्रिय अभियान ऐतिहासिक भवन पुनस्थापना गर्ने कुरा मात्र नभएर सम्पूर्ण नेपालीको आत्मसम्मान, राष्ट्रिय गौरव र पहिचान पुनः निर्माण गर्ने प्रक्रिया रहेकोसमेत बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK