काठमाडौँ । सेयर कारोबार असोज २ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सुचना जारी गर्दै सेयर कारोबार असोज २ गतेसम्म बन्द रहने जनाएको हो ।
भदौ २९ गतेदेखि असोज २ गतेसम्म सेयर कारोबार बन्द हुने बोर्डको सुचनामा उल्लेख छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै भदौ २५ गतेदेखि कारोबार बन्द नै छ ।
शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहँदै आएको छ । यस्तो छ सुचना: