काठमाडौँ । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा. लि.बीच छुट सम्झौता भएको छ । होटलमा उपलब्ध सेवा सुविधामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।
सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिने छ ।