Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकका ग्राहकहरुलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्मको छुट

अर्थ सरोकार

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकले वाटरफ्रन्ट रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार लेकसाईड, पोखरा स्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

उक्त सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK