×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज होल्डिङ्गसले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज होल्डिङ्गसले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Artha Sarokar

१७ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सनराइज होल्डिङ्गस लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न लागेको हो ।

सनराइज होल्डिङ्गसले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता सेयर जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका हुन् ।

सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

 

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी