काठमाडौँ । आर्थिक अनलाइन मिडियाहरुमध्ये सामाजिक संजालमा नम्बर १ अर्थ सरोकारले टेलिभिजनमा समेत आफ्ना कार्यक्रमहरु प्रशारणलाई पुन: सूचारु गर्ने भएको छ । यसअघि पनि अर्थ सरोकारका सम्पूर्ण कार्यक्रम टेलिभिजनमा प्रसारण हुँदै आएकोमा बीचमा केही ब्रेक गरिएको थियो । अव भने पुन: टेलिभिजनमार्फत पनि कार्यक्रम प्रसारण सुरु गर्ने तयारी अर्थ सरोकारले गरेको छ ।
अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलका अनुसार यसका लागि बिजनेश टेलिभिजनसँग प्रसारण सम्झौता भइसकेको छ । ‘सरकारले नेपालमा सामाजिक संजाल प्रतिबन्ध लगाए पनि हामी विदेशमा बस्ने नेपालीहरुका लागि समाचार पस्कने काम ती प्लेटफर्महरुमार्फत पनि गरिरहनेछौँ । नेपालमा पनि युट्युब बन्द भए टेलिभिजनमार्फत कार्यक्रम प्रसारण गर्छौं । देशभरका विभिन्न रेडियोमा त हाम्रा कार्यक्रम गएका नै छन् ।’ प्रमुख प्याकुरेलले भने, ‘जस्तोसुकै स्थितिमा पनि हामी हाम्रा पाठक, दर्शक र स्रोतालाई समाचार पस्किरहनेछौँ ।’
अर्थ सरोकार फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम लगायतमा आर्थिक मिडियाहरुमध्येकै सर्वाधिक हेरिने र फलोअर्स भएको अनलाइन मिडिया हो भने टिकटकमा नेपाली मिडियाहरुमध्येकै सर्वाधिक फलोअर्स भएको मिडिया हो । टिकटकमा अर्थ सरोकार र रुटिन अफ नेपाल बन्द, दुवै मिडियाका ११ लाख फलोअर्स छन् ।
अन्य सामाजिक संजालमाथि सरकारले प्रतिबन्ध लगाएपछि अर्थ सरोकार भाइबरमा पनि उपलब्ध भएको छ भने अव आफ्ना कार्यक्रमहरु टिकटकमार्फत झन् बढी फ्रीक्वेन्सीमा दिने तयारी कम्पनीले गरको छ ।