Skip to content
LAXMI SUNRISE BANK

अनलाइन मिडियाका रुपमा दर्ता भएको हाम्रो पात्रोलाई सरकारले ‘जबरजस्ती’ बनाइदियो सामाजिक सञ्जाल, हाम्रो पात्रो नै छक्क !

अर्थ सरोकार

काठमाडौँ । सरकारले विभिन्न सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धमा सामाजिक सञ्जालका रुपमा नभई अनलाइन मिडियाका रुपमा दर्ता भएको हाम्रो पात्रो पनि परेको छ । जबकि हाम्रो पात्रो सूचना तथा प्रसारण विभागमा अनलाइन मिडियाका रुपमा दर्ता छ भने प्रेस काउन्सिल नेपालमा पनि अनलाइन मिडियाकै रुपमा सूचीकृत छ । तर सरकारले नै जबरजस्ती हाम्रो पात्रोलाई सोसल मिडियाका रुपमा चलेको र सूचीकरणमा नआएको भन्दै बन्द गराउन निर्देशन दिएको छ ।

सरकारको निर्णयपछि हाम्रो पात्रो सूचीकरणमा त आएको छ, तर सोसल मिडिया नै नरहेको हाम्रो पात्रोलाई सरकारले सोसल मिडिया भनेपछि हाम्रो पात्रोका संचालकहरु नै छक्क परेका छन् । हाम्रो पात्रो कसरी सोसल मिडिया भयो भन्ने विषयमा हाम्रो पात्रोकै संचालकहरु अनविज्ञ रहेको पाइएको छ ।

हाम्रो पात्रोकी प्रतिनिधि सुदीना गौतमले सामाजिक संजालमार्फत हाम्रो पात्रो २०१६ देखि नै दर्ता भएर चलेको, र सरकारले हाम्रो पात्रोलाई प्रतिबन्ध नगर्ने बताएकी छिन् । उनले हाम्रो पात्रो नाम लिन नमिलेका कारण कम्पनीको नाम भने फरक भएको तर आफुहरु निर्वाद चलिरहेको बताएकी हुन् ।  

हाम्रो पात्रोका प्रतिनिधिहरुले पनि आफुहरु सन् २०१६ देखि नै दर्ता भएर चलेको बताएका छन् । समाचारहरु पढ्न, र रेडियो सुन्न निकै चर्चित प्लेटफर्मलाई सरकारले सामाजिक संजाल भनेर प्रतिबन्धको सूचीमा राख्दा भने हाम्रोपात्रोका संचालककर्मचारीहरु नै छक्क परेका छन् भने यसले सरकारले सामाजिक संजाल भनेको के हो नै नबुझेको देखिएको प्रष्ट भएको चर्चा सुरु भएको छ ।

हाम्रो पात्रोलाई सामाजिक संजाल भनेर सूचीकरण नभएको भन्दै बन्द गर्न उर्दी जारी गर्दा सोही प्रकृतिको नेपाली पात्रोका विषयमा भने सरकार बोलेको छैन । यता हाम्रो पात्रोलाई सामाजिक संजाल देख्ने सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संचालन गरेको र नेपालमासमेत चलिरहेको ट्रुथ सोसललाई भने सामाजिक संजालकै मान्यता नदिएको र प्रतिबन्धको सूचीमा नराखेको पाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK