Skip to content
LAXMI SUNRISE BANK

जेनजी आन्दोलनको नारा: ‘घुस खाने घुसिया, कुकुर भन्दा भुसिया’

अर्थ सरोकार

काठमाडौँ । जेनजी पुस्ताले सोमबार बिहानैदेखि काठमाडौँमा आन्दोलन सुरु गरेका छन् । उनीहरु काठमाडौँको माइतीघर मण्डलामा भेला भएर आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनमा जेनजीहरुले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको खुलेरै विरोध गरेका छन् ।

आन्दोलनमा जेनजीले ‘घुस खाने घुसिया, कुकुर भन्दा भुसिया’, ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता गर’ लगायतका नारा लगायका छन् । जेनजीहरुले माइतीघर मण्डलामा नाच्दै, गाउँदै प्रदर्शन गरिरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK