काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । इटाली, युएईलगायतका देश पठाउने भन्दै रकम ठगी गर्ने ३५ वर्षीय रमेशराज डाँगी र २४ वर्षीय खगेन्द्र मल्ल पक्राउ परेका हुन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले पीडितलाई राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।
पक्राउ परेका डाँगीले दुई जनालाई इटाली पठाउने भन्दै १९ लाख ८५ हजार र मल्लले युएई पठाउने भन्दै २ जनाबाट ६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए । उनीहरुलाई पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
हाल दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्