×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै लाखौँ ठगी, दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेश पठाउने भन्दै लाखौँ ठगी, दुई जना पक्राउ

Artha Sarokar

१६ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने २६ वर्षीय कार्तिक कुमार चौधरी र २८ वर्षीय मनोज दाहाल पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ८ बाट र दाहाललाई काठमाडौँ महानगरपालिका वडा नं. १२ बाट पक्राउ गरेको हो ।

पीडितले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीले सर्बिया पठाउने भन्दै १६ जनाबाट ४२ लाख रुपैयाँ ठगेर सम्पर्क विहीन भएका थिए । त्यस्तै, दाहालले रसिया पठाउने भन्दै १ जनाबाट ८ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी