काठमाडौँ । फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै नागरिकहरुले त्यसको विकल्प खोज्न थालेका छन् । कम्युनिकेसनका लागि अत्याधिक प्रयोग हुने फेसबुक नै बन्द गर्ने निर्णयपछि फेसबुक, म्यासेन्जरमार्फत सम्पर्क गर्नेहरुले सम्पर्कका लागि विकल्पमा भाइबर रोजेका छन् ।
भाइबर नेपालमा दर्ता छ । यही कारण भाइबर बन्द हुँदैन । बन्द नहुने भएपछि फेसबुकका प्रयोगकर्ताहरु भाइबरमा सिफ्ट भइरहेका छन् ।
फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि भाइबरका प्रयोगकर्ता ह्वात्तै बढेका छन् । अझ अधिकांश फेसबुक प्रयोगकर्ताले ‘अब हामी यता जोडिउँ है’ भन्दै फेसबुकमै भाइबरको लिंक तथा क्यूआर पोष्ट गरिरहेका छन् ।
अर्कोतर्फ भाइबरसँगै टिकटकका प्रयोगकर्ता पनि ह्वात्तै बढेका छन् । सरकारले फेसबुक, युट्युबसँगै २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै टिकटकमा प्रयोगकर्ता ह्वात्तै बढेका हुन् । हालसम्म एनसेल, नेपाल टेलिकम, वर्ल्ड लिंक लगायतका इन्टरनेट सेवा प्रदायकले फेसबुक, युट्युब बन्द गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्