Skip to content
LAXMI SUNRISE BANK

ट्वीटर ब्याण्ड हुँदा अमेरिकी राष्ट्रपतिले चलाइरहेको ट्रुथ सोसललाई सरकारले किन प्रतिबन्ध लगाएन ? भिसा नपाउने डर हो ?

अर्थ सरोकार

काठमाडौँ । सरकारले देशभर विभिन्न सामाजिक सञ्जाल बन्द गर्दा ट्रुथ सोसललाई भने प्रतिबन्ध नलगाएको खुलासा भएको छ । कुनै बेला ट्वीटर (हालको एक्स)सँग प्रतिष्पर्धा गर्ने भनेर खुलेको सो सोसल मिडियामा थुप्रै नेपालीहरु पनि सक्रिय छन् । तर अमेरिकी राष्ट्रपतिले चलाइरहेको सो सोसल मिडिया भने प्रतिबन्धमा परेको छैन ।

नेपालमा पनि गत वर्ष असारदेखि ट्रुथ सोसल उपलब्ध भएको थियो । नेपालमा अर्थ सरोकार लगायतका मिडियासमेत ट्रुथमा भेरिफाइड छन् । मन्त्रालय स्रोतका अनुसार प्रतिबन्धको लिष्ट बनाउँदा यो एपको विषयमा कुरै निस्किएको थिएन ।

यता ट्रुथ सोसललाई प्रतिबन्ध नलगाउनुको अर्थ सरकारका आफ्ना मन्त्री र कर्मचारीहरुलाई अमेरिकाले भिसा रोक्न सक्ने डर भएको चर्चा सामाजिक संजालमै उठेको छ । अमेरिकाले अमेरिकाका संजालमाथि प्रतिबन्ध लगाउनेलाई भिसा नदिने नीति लिएका बेला सरकार त्यसैमा डराएको चर्चा चल्न थालेको छ ।

सरकारले सूचीकरणका लागि आउन सामाजिक संजालहरुलाई आग्रह गरेको थियो । तर फेसबुक, युट्युब लगायतका सामाजिक संजालहरु सूचीकरणका लागि नआएपछि सरकारले अन्तत: त्यस्ता सामाजिक संजाल बन्द गराउने निर्णय गरको छ । संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो मात्रै सूचीकृत भएका छन् । त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल, र हाम्रो पात्रो रहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK