Skip to content
LAXMI SUNRISE BANK

एक्स (ट्वीटर) नेपाल सरकारको सम्पर्कमा, सूचीकरण हुने तयारी

अर्थ सरोकार

काठमाडौँ । सामाजिक सञ्जाल एक्स (ट्वीटर) नेपाल सरकारको सम्पर्कमा आएको छ । सरकारले दर्ता नहुने सामाजिक सञ्जाल धमाधम बन्द गर्न थालेपछि एक्स सरकारको सम्पर्कमा आएको हो ।

नेपालमा दर्ता हुन एक्स सम्र्पकमा आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।

ती अधिकारीका अनुसार नेपालको कानून अनुसार सूचीकरण हुने भन्दै एक्स सरकारको सम्पर्कमा आएको छ । योसँगै एक्स नेपालमा दर्ता हुने प्रक्रियामा सहभागी भएको ती अधिकारीले जनाएका छन् ।

हाल सरकारले नेपालमा दर्ता नभएका÷हुन नआएका फेसबुक, युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK