Skip to content
LAXMI SUNRISE BANK

जलेको सिंहदरबार बनाउन युवा व्यवसायी मैनालीले गरे २ लाख सहयोग

अर्थ सरोकार

काठमाडौँ । युवा व्यवसायी सञ्जिव मैनालीले जलेको सिंहदरबार पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।

‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ भन्ने सरकारको अभियानमा साथ दिँदै व्यवसायी मैनालीले सिंहदरबार पुनर्निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।

उनी एसआर लजिस्टिक प्रालिका प्रबन्ध निर्देशक हुन् । जेनजी आन्दोलनका क्रममा जलेको सिंहदरबार पुनर्निर्माणका लागि देशको नागरिकको हैसियतले सहयोग गरेको मैनालीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK