काठमाडौँ । देशभर जेनजी अभियान चलिरहेका बेला युवा चार्टर्ड एकाउन्टेन्टहरुले पनि जेनजी युवाहरुलाई विशेष आह्वान गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै युवा सिएहरुले जेनजी युवाहरुलाई विशेष आह्वान गरेका हुन् ।
‘हाम्रो जीतको सुरूवात भैसकेको छ तर हाम्रो जीत त्यतिबेला मात्र पूर्ण हुन्छ, जब भ्रष्टाचार अन्त्य भएर स्थायी परिवर्तन स्थापित हुन्छ । देशको यो संक्रमणकालीन अवस्थामा सहि निकास दिन Gen Z सहित अनुभवी Non Political अग्रजको समेत साथ लिन जरुरि छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘Gen Z को समर्थनमा गैर भ्रस्टचारी र उच्च छवि भएको व्यक्तिलाई नेतृत्व गर्न दिनु उपयुक्त हुन्छ । तत्पश्चात अन्य मागहरु सहित नयां राजनीतिक निकास को लागी अगाडी बढ्न उपयुक्त हुने देखिन्छ । देशको यो संक्रमणकालीन अवस्थामा हामी सम्पुर्ण युवा चार्टर्ड एकाउन्टेन्टहरु एकता, सहकार्य र समाधानमा हातेमालो गर्नका साथै अबको यात्रामा हुन सक्ने आर्थिक तथा वित्तीय असरको वारेमा वृहत छलफल गर्न तथा सल्लाह सुझावका लागी हामी चार्टर्ड एकाउन्टेन्टहरु सदैव तत्पर रहेको कुरा जानकारी गराउदछौं ।’

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्