Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा तस्करी गरिएका ५ क्विन्टल बोइलर बरामद, थप सक्रिय हुँदै प्रहरी

अर्थ सरोकार

काठमाडौँ । कैलालीमा अवैध रुपमा भन्सार छली गरेर ल्याइएका ५ क्विन्टल बोइलर कुखुरा बरामद गरिएको छ ।

सीमा सुरक्षा गुल्म खोनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) अश्वीन कुमार गुरुङको कमान्डमा खटिएको टोलीले सो मात्रामा बोईलर कुखुरा बरामद गरेको हो । ती कुखुराहरु अवैध रुपमा भन्सार छली गरेर ल्याइएको डिएसपी गुरुङले बताएका छन् । 

ती कुखुराहरु कैलारी गाउँपालिका-३ मोहनपुरस्थित पोल्टी फर्मबाट बरामद गरिएको हो । स्थानीयहरुले दिएको गोप्य सूचनाका आधारमा अवैध रुपमा भित्राइएका ती कुखुरा बरामद गरिएको गुरुङले बताएका छन् । 

बरामद गरिएका बोइलर कुखुराको मूल्य एक लाख ५० हजार रुपैयाँ बराबर रहेको बताइएको छ । ती कुखुराहरु स्थानीय, भलमन्सा र पत्रकारको रहोबरमा सीमा सुरक्षा गुल्म खोनपुरको कार्यालयमा खाडल खनेर नष्ट गरिएको छ । पछिल्लो समय कैलालीमा सशस्त्र प्रहरीले भन्सार छलेर हुने तस्करी लगायतका गतिविधि नियन्त्रणमा सक्रियता बढाउँदै गएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK