काठमाडौँ । अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका ७ नेपालीलाई देश निकाला गरेको छ । यौनदुराचार र शारीरिक दुर्व्यवहार, डकैती लगायतका आपराधिक गतिविधिमा संलग्न ७ नेपालीलाई अमेरिकाले देश निकाला गरेको हो ।
उनीहरुलाई डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि देश निकाला गरिएको हो । देश निकाला हुने नेपालीहरु २८ देखि ३९ वर्ष उमेर समूहका रहेको बताइएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार उनीहरु योनदुराचार, शारीरिक दुर्व्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यले च्याटमार्फत प्रलोभन देखाएको, मादक पदार्थ सेवन गरेर गाडी चलाएको लगायतका अभियोगमा दोषी ठहर भएका थिए ।
उनीहरुलाई अमेरिकाको न्युयोर्क, नेवार्क, लोगन, भर्जिनिया, एरिजोना र टेक्सासबाट नेपाल डिपोर्ट गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्