×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको नाममा ‘फेक अकाउन्ट’ खोल्नेलाई कारवाही गरिँदै, २६ अकाउन्ट बन्द गर्न पत्राचार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्रीको नाममा ‘फेक अकाउन्ट’ खोल्नेलाई कारवाही गरिँदै, २६ अकाउन्ट बन्द गर्न पत्राचार !

Artha Sarokar

३० आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा ‘फेक अकाउन्ट’ खोल्नेलाई कारवाही गरिने भएको छ । प्रधानमन्त्रीको नाम र फोटो दुरुपयोग गरेर अकाउन्ट खोल्ने र भ्रामक सूचना पोष्ट गर्नेलाई कारवाही गर्ने तयारी अघि बढाइएको हो । 

हाल प्रधानमन्त्रीको नाममा ‘फेक अकाउन्ट’ खोलेर भ्रम फैलाउनेहरुमाथि प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाइसकेको साइबर ब्युरोका एक अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार नक्कली अकाउन्ट खोलेर सूचना सम्प्रेषण गर्दै आएका केही व्यक्तिलाई साइबर ब्युरोमा बोलाएर सोधपुछ गरिसकिएको छ भने केहीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ । हालसम्म पक्राउ नै भने कसैलाई पनि नगरिएको भन्दै अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढाइने ती अधिकारीले बताएका छन् । 

प्रधानमन्त्रीको नाममा खोलिएका २६ वटा ‘फेक अकाउन्ट’ बन्द गर्न सम्बन्धित कम्पनीमा पत्राचार गरेको पनि साइबर ब्युरोले जनाएको छ । केही अकाउन्ट बन्द भइसकेका छन् भने केही बन्द हुने प्रक्रियामा रहेको बताइएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी