काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । बिहीबार बिहानै देखि काठमाडौँ उपत्यकामा वर्षा भएका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको हो ।
विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ । त्यस्तै, दिल्लीबाट आएको एयर इन्डिया र इन्डिगो एयरको जहाजलाई दिल्ली डाइभर्ट गरिएको छ ।
अन्तराष्ट्रिय उडानसँगै आन्तरिक उडान समेत प्रभावित भएको छ । अधिकांश उडान रद्द भएका छन् भने केहि डिले भएको पाइएको छ ।
कम भिजिबिलिटीका कारण उडान र अवतरणमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्