काठमाडौँ । अकबरे खुर्सानीमा अत्याधिक विषादी भेटिएको छ । मुलुकको सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालिमाटीमा अकबरे खुर्सानीमा अत्याधिक विषादी भेटिएको हो ।
बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको अनुगमनका क्रममा मकवानपुरबाट ल्याइएका अकबरे खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको अनुगमनमा सहभागी एक सदस्यले जनाएका छन् ।
ती सदस्यका अनुसार कालीमाटी बजारमा भित्रिएको अकबरे खुर्सानीमा ५१.४४६ प्रतिशतसम्म ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । उक्त मात्रामा विषादी भेटिएका अकबरे खुर्सानी उपभोग गर्न अयोग्य ठहर भएका छन् ।
अर्गानोफस्फेटको दर ३५ भन्दा कम हुँदालाई मात्रै सरकारले उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाइएको छ । तर कालीमाटीमा बेच्न ल्याइएका अकबरे खुर्सानीमा अर्गानोफस्फेटको मात्रा अत्याधिक भेटिएपछि खान अयोग्य ठहर गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्