काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । जेन-जीको नाममा निःशुल्क सेयर माग्दै बन्द गरेको उक्त हाइड्रोपावर तत्काल सञ्चालनमा ल्याउन अर्यालले निर्देशन दिएका हुन् ।
निःशुल्क सेयर माग्दै आयोजना नै बन्द गरेपछि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले गृहमन्त्री गुहारेको थियो ।
जेन-जीका नाममा निःशुल्क सेयर मागेर आयोजना नै बन्द गराउनु अराजकता भएको भन्दै इप्पानले आयोजना सञ्चालनमा पहल गर्न आग्रह गरेको थियो । त्यसलगत्तै गृहमन्त्री आर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धुप्रसाद बास्तोलालाई फोनबाटै आयोजना सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।
जेन-जी आन्दोलपछि जेन-जी युवालाई १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग गर्दै ४५ मेटावाटको माथिल्लो भोटेकोशी हाइड्रोपावरको उत्पादन भदौ २५ गतेदेखि बन्द गराइएको थियो ।